अर्थमन्त्री खनाल र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

Workplace

भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक र विशेष सम्बन्धको चर्चा गर्दै भारतले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । उनले विद्यमान चुनौतीपूर्ण परिस्थितिमा छिमेकी मुलुकसहित दातृ निकायहरूसँग आर्थिक साझेदारी निरन्तर आवश्यक रहेकोमा जोड दिए ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारत नेपालकै सबैभन्दा नजिकको छिमेकी भएको नाताले दुवै मुलुकबीचको सम्बन्ध अझ मजबुत बनाउन तत्पर रहेको बताए । उनले भारतले सञ्चालन गरिरहेका विकास आयोजना तथा कार्यक्रमलाई अझ गति दिने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रको मनोबल उच्च बनाउन सहयोग गर्ने आश्वासन दिए ।

यसैगरी, नेपाल–भारत व्यापार सहजीकरणका लागि दुवै पक्षबीच समन्वय सुदृढ गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?