icon
निर्वाचन
१९ फाल्गुन २०८२, मंगलबार
icon
निर्वाचन

एमाले अर्घाखाँची महाधिवेशन: मतदान प्रक्रिया जारी

अर्घाखाँची, – नेकपा एमाले अर्घाखाँचीको आगामी महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान आज जारी रहेकाे छ । शुक्रबार सर्वसम्मतको प्रयास असफल भएपछि खुलातर्फ र महिलातर्फ निर्वाचन प्रक्रिया सुरु गरिएको हो।

Workplace

खुलातर्फ ६ प्रतिनिधि चयनका लागि ९ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। उम्मेदवारमा लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, उपाध्यक्ष शम्भुप्रसाद पोख्रेल, लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्तकुमार श्रेष्ठ, पूर्व लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे, जिल्ला सचिवालय सदस्य रेशम थापा, कमलप्रसाद घिमिरे, जिल्ला कमिटी सदस्य तेजप्रसाद खनाल र पूर्व सन्धिखर्क नगर अध्यक्ष श्रीकृष्ण भुसाल रहेका छन्।

महिलातर्फ ४ प्रतिनिधि चयनका लागि ५ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। उम्मेदवारमा जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी गौतम, जिल्ला कमिटी सदस्य शुस्मा श्रेष्ठ, दिपा आचार्य, विष्णुमाया आचार्य र शितगंगा नगरपालिका उपप्रमुख गिता भाट क्षेत्री रहेका छन्।

यसअघि ओली ओली निकट मानिने अर्घाखाँचीका ३ प्रतिनिधि सर्वसम्मत चयन भइसकेका छन्। भुगोल युवातर्फ तोजबहादुर रायमाझी (विधान), दलिततर्फ लिलबहादुर विक र आशा परियार सर्वसम्मत भएका हुन्।

मतदान कार्यको क्रममा पार्टीका सदस्यहरूले उच्च उत्साह र सक्रिय सहभागिता देखाई रहेका छन्। मतदान केन्द्रमा लामो समयसम्म उपस्थित रहेर उनीहरूले आफ्नो मत प्रयोग गरेका हुन्, जसले आगामी महाधिवेशन प्रतिनिधि चयन प्रक्रियालाई थप जीवन्त र लोकतान्त्रिक बनाउने छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?