स्व. रामलाल पुरी स्मृति कप : मालारानी–४ विजेता, खाँचीकोट दरबार युवा क्लब उपविजेता

बाबुराम केसि  – स्व. रामलाल पुरी स्मृति वडा स्तरीय भलिबल कप–२०८२ को उपाधि मालारानी–४ भलिबल क्लबले हात पारेको छ। सन्धिखर्क नगरपालिका–७ बाघमारा खेलमैदानमा सम्पन्न प्रतियोगितामा मालारानी–४ ले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा पर्न सफल भएको हो।

Workplace

चार दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट २० टिमले सहभागिता जनाएका थिए। फाइनल खेलमा “खाँचीकोट दरबार युवा क्लब” उपविजेता बनेको छ भने शितगंगा–२ तेस्रो स्थानमा सीमित रह्यो।

खेलको सुरुवातदेखि निरन्तर वर्षा हुँदा खेल अवरुद्ध भए पनि चौथो दिन सफा  मौसमबीच फाइनल खेल भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

असोज २ गते विशेष समारोहबीच उद्घाटन गरिएको प्रतियोगितामा विभिन्न संघ–संस्था, सामाजिक व्यक्तित्व र स्थानीय सरोकारवालाले पुरस्कार तथा सहयोगको व्यवस्था गरेका थिए।

खाँचीकोट सेवा समाजको आयोजनामा पहिलोपटक भएको स्मृति कप भलिबल प्रतियोगिता भव्य र सभ्य ढंगले सम्पन्न भएको आयोजक समितिले जनाएको छ। साथै आगामी दिनमा पनि यस्ता खेल हरु आयोजना गर्ने समेत जानकारी दिएको छ।  खेलको  प्रत्यक्ष लाइभ अर्घाखाँची बुलेटिनले समेत निरंतरता दिएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?