अमेरिकालाई विश्वयुद्धभन्दा पनि धेरै खतरा कम्युनिजमबाट छ : ट्रम्प

समाचार सारांश
Auto Generated by AI
  • कम्युनिजमलाई ट्रम्पले विश्वयुद्धभन्दा ठूलो खतरा बताउनुभएको छ।
  • नयाँ आप्रवासीबाट अमेरिकी जीवनशैलीमा खतरा बढेको उहाँको दाबी छ।
  • अमेरिका कहिल्यै कम्युनिस्ट देश नबन्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाका लागि विश्वयुद्धभन्दा पनि ठूलो खतरा भएको बताउनुभएको छ ।

Workplace

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ्दै गएको दाबी गर्नुभयो । कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर ११ को आक्रमणभन्दा समेत ठूलो भएको उहाँको दाबी छ ।

साथै अमेरिका कहिल्यै कम्युनिस्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्‍याउनुभयो । अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो । दुई विश्वयुद्ध जितेको उल्लेख गर्दै उहाँले शीतयुद्धपछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराइमा हराएको दाबी गर्नुभयो ।

भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कडा प्रहार गरिएको उहाँको भनाई छ । ट्रम्पले अमेरिकाको २५० वर्षे इतिहासमा उल्लेख्य प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दाबी पनि गर्नुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?