जेनजी आन्दोलनका घाइते सडकमा, सिंहदरबारभित्र अवसरवादीको हाबी ?

काठमाडौं – जेनजी आन्दोलनका घाइतेहरूले आज दिनभर सिंहदरबारबाहिर धर्ना दिँदै नाराबाजी गरेका छन्। दक्षिण गेटअगाडि आलो घाउ लिएर पुगेका घाइतेहरू मध्ये कोही अस्पतालको रिपोर्ट देखाउँदै बसेका थिए भने कोही बैशाखीको सहारामा उभिएका थिए।

Workplace

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि उनीहरूले प्रधानमन्त्री कार्यालय बाहिरै “अवसरवादी मुर्दावाद” भन्दै चर्को नाराबाजी गरे। उनीहरूको भनाइमा, आन्दोलनमा सच्चा रूपमा घाइते र बलिदानी दिनेहरूलाई बेवास्ता गरेर सुधन गुरुङसहित करिब १० जना अवसरवादीहरूले सरकार गठनमा प्रभाव जमाएको छ।

खुट्टामा गोली लागेकी एक युवती आन्दोलनकारीले मिडियासँग कुरा गर्दै भनिन्– “हामी घाइते र मृतकका परिवारलाई हेर्ने कोही छैन, बरु अवसरवादीहरूले जेनजी आन्दोलनको नाम बदनाम गर्दै सरकार गठनमा भागबण्डा गरेका छन्।”

घाइतेहरूको आरोप छ– उनीहरू अस्पतालमा उपचाररत रहँदा विभिन्न व्यक्तिले आफूलाई जेनजी आन्दोलनको नेतृत्वकर्ता दाबी गरे, तर ती सबै नक्कली आन्दोलनकारी भएको बताएका हुन ।

यता मन्त्री नियुक्तिको अझै टुङ्गो लागेको छैन जेनजिको नाममा भएको आन्दोलनमा अहिले धेरै गुटबन्दी भएको छ जुन आन्दोलनकारी थिए उनी हरुको माग नसुनेको घाइते हरुको भनाइ छ सरकार गठन भए पनि जेनजी हरुको सहभागिता नहुनु दु:खद रहेको घाइते हरुको भनाइ छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?