अर्घाखाँचीका किसान तुलसीरामको सिंहदरबार निर्माणका निम्ति १ लाख १ सय सहयाेग

अर्घाखाँची – भदौ २४ गते सिंहदरबारमा जेनजी युवाहरूको प्रदर्शनपछि भएको दनदनी आगलागीले राष्ट्र नै स्तब्ध भएको छ ।

Workplace

नेपालको राजनीतिक, प्रशासनिक र न्यायिक संरचनाको केन्द्र मानिने सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, बालुवाटारलगायतका ऐतिहासिक संरचना जलेर खरानी भएपछि सम्पूर्ण नेपालीको मनमा पीडा, त्रास र चिन्ता थपिएको छ ।

 

यस्तै कठिन परिस्थितिमा अर्घाखाँचीका एक साधारण कृषकले राष्ट्रप्रतिको आस्था र कर्तव्यबोधलाई शब्दमा मात्र होइन, कर्ममा पनि उतार्दै सबै नेपालीलाई प्रेरणा दिने खालको योगदान गरेका छन् ।

जिल्लाको शीतगंगा नगरपालिका–२ निवासी किसान तुलसीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा रु. १ लाख १ सय जम्मा गरेका छन् । आफ्नै पसिना र मेहनतले खेतीपातीबाट अखबरे खुर्सानी बेचेर कमाएको रकम सहयोग गर्दै अधिकारीले भने–“फेरि यस्तो विपत्ति नहोस्, म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश, हामी सबै मिलेर बनाउँछौँ हाम्रो नेपाल ।” सहयोग हस्तान्तरणका क्रममा अधिकारीले भावुक हुँदै भने– “सिंहदरबार केवल एउटा भवन होइन, यो हाम्रो इतिहास र पहिचान हो ।

त्यसलाई जलेको देख्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो । अब सबै मिलेर यो मुलुकलाई जुरुक्क उठाउनुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले कृषक अधिकारीको योगदानलाई विशेष उदाहरणको रूपमा लिँदै भने–“कृषि आम्दानीबाट आएको यो रकम पुनर्निर्माणमा ठूलो टेवा पुग्नेछ ।

यस्तो उदाहरणीय सहयोगले अरूलाई पनि राष्ट्रप्रतिको दायित्वबोध गर्न प्रेरित गर्नेछ, राष्ट्रलाई संकट परेको बेलामा हरेक नागरिकले हरेक क्षेत्रबाट सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश अधिकारीले दिनु भएको छ ।”

सिंहदरबार आगलागीपछि विभिन्न जिल्लाबाट सहयोगको लहर उठिरहेको छ । विद्यार्थी, व्यापारी, संघसंस्था, मजदुर र परदेशमा रहेका नेपालीहरू समेतले “सिंहदरबार पुनर्निर्माण” अभियानमा आ–आफ्नो तर्फबाट सहानुभूति र सहयोग व्यक्त गर्न थालेका छन् । रकम जम्मा गरेपछि अधिकारीले भौचर समेत प्रजिअलाई हस्तान्तरण गरेका थिए ।

भदौ २३ र २४ गतेको आन्दोलनमा सबैभन्दा बढी भदौ २४ गतेको घटनामा भएको आगलागीका कारण सिंहदरबार मात्र होइन, वरपरका ऐतिहासिक संरचना समेत क्षतिग्रस्त भएका छन् ।

आन्दोलनकै क्रममा ७२ जनाले ज्यान गुमाएपछि जनतामा गहिरो आक्रोश पैदा भएको छ । अपराधीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग देशैभर गुन्जिरहेको छ ।

कृषक तुलसीराम अधिकारीको यो सहयोगले एउटा ठूलो सन्देश दिएको छ-राष्ट्र पुनर्निर्माण केवल सरकारको जिम्मेवारी मात्र होइन, नागरिकको पनि साझा दायित्व हो । जब एक सामान्य किसानले समेत पसिनाको कमाइ राष्ट्रका लागि अर्पण गर्न सक्दछन् भने, यस देशलाई फेरि उठाउन कठिन केही छैन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?