icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

पहिलो सहभागितामै ऐतिहासिक उपाधि, मुगुले कालिकोटलाई ४२ रनले पराजित गर्‍यो

मुगु- सुर्खेतमा सञ्चालन भइरहेको प्रदेशस्तरीय स्थानीय कर्मचारी क्रिकेट कप–२०८२ को फाइनल खेलमा मुगु जिल्लाले ऐतिहासिक सफलता हासिल गरेको छ।

Workplace

प्रतियोगिताको फाइनलमा मुगुले कालिकोटलाई ४२ रनले पराजित गर्दै पहिलो सहभागितामै उपाधि जित्न सफल भएको हो।

उक्त प्रतियोगितामा प्रदेशभरका १२ वटा टिम सहभागी थिए। यो प्रतियोगिता मुगु जिल्लाको क्रिकेट इतिहासमै पहिलो औपचारिक सहभागिता रहेको उल्लेखनीय पक्ष हो। हालसम्म मुगुमा क्रिकेटसम्बन्धी ठूला गतिविधि नभए पनि, यस प्रतियोगितामार्फत मुगुले आफू प्रतिस्पर्धी र सक्षम टोली भएको प्रमाणित गरेको छ।

खेलमा सहभागी खेलाडी रवि धामी ले सीमित स्रोतसाधनका बाबजुद टोलीको मेहनत, एकता र लगनशीलता का कारण यो सफलता सम्भव भएको बताउनुभयो। उहाँले आगामी दिनमा मुगु जिल्लामा पनि क्रिकेट तथा समग्र खेलकुद विकासका लागि सम्बन्धित निकायको पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
मुगुको यस ऐतिहासिक जितले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह, आत्मविश्वास र सम्भावनाको ढोका खोलेको छ। स्थानीय तहदेखि प्रदेशस्तरसम्म खेलकुद विकासमा लगानी र अवसर बढेमा मुगुबाट थप प्रतिभाशाली खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?