पाणिनी गाउँपालिकाको १५ शय्या अस्पतालमा लिफ्ट सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा निर्माण सम्पन्न अवस्थामा रहेको १५ शय्याको अस्पतालमा लिफ्ट सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले शुक्रबार एक कार्यक्रमकाबीच लिफ्टको उद्घाटन गर्नुभएको छ।

Workplace

उद्घाटन कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष नर्मदा गौतम पौडेल, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल, वडा नं. २ का वडाध्यक्ष चन्द्रकान्त पौडेल, वडा नं. ५ का वडाध्यक्ष इन्द्रमणी घिमिरेसहित कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आधुनिक सेवा–सुविधा विस्तार गर्ने योजनाअन्तर्गत लिफ्ट जडान गरिएको हो। यसले बिरामी, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई अस्पतालमा सहज पहुँच बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?