तीन महिनासम्म कर्मचारीको वैदेशिक भ्रमण रोक्न सरकारको कडा निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • सरकारले आगामी तीन महिनासम्म कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ।
  • शासकीय सुधारका कार्यसूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारीको उपस्थिति अनिवार्य बनाइएको हो।
  • प्रशासनिक चुस्तता र सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय लिइएको हो।

काठमाडौँ । सरकारले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्राचार गर्दै यस्तो व्यवस्था तत्काल कार्यान्वयन गर्न भनेको हो।

Workplace

सरकारले चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको सन्दर्भमा उक्त निर्णय गरिएको जनाइएको छ। सुधारका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन कर्मचारीको उपस्थितिलाई अनिवार्य मानिएको छ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा कर्मचारी वैदेशिक भ्रमणमा जाँदा सुधारका कार्यसूची कार्यान्वयनमा असर पर्न सक्ने उल्लेख गरिएको छ। त्यसैले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई विदेश भ्रमणका लागि मनोनयन नगर्न आग्रह गरिएको हो।

सरकारको यो निर्णयलाई प्रशासनिक सुधार, कार्यसम्पादनमा चुस्तता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कदमका रूपमा हेरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?