icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

बालेनले किसानलाई फोहर भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रुपमा माफी माग्न चेतावनी

काठमाडौ – महानगरपालिकाका मेयर बालेन साहले किसानलाई लक्षित गरी सामाजिक सञ्जालमा प्रयोग गरेको अभिव्यक्तिप्रति अखिल नेपाल किसान महासंघले कडा आपत्ति जनाएको छ ।

Workplace

 

मेयर बालेनले सोमबार आफ्नो फेसबुक स्टाटसमा ‘किसानझैँ फोहर‘ भन्ने वाक्यांश प्रयोग गरेपछि त्यसको व्यापक आलोचना हुन थालेको छ । उक्त अभिव्यक्तिलाई किसान समुदायमाथिको अपमानको रूपमा लिँदै महासंघले तत्काल स्टाटस हटाई सार्वजनिक माफी माग्न माग गरेको छ ।‘

महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ,‘ मुलुकको प्रमुख उत्पादन शक्ति र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका किसान समुदायलाई अपमानजनक शब्द प्रयोग गरेर होच्याउने कार्य अत्यन्तै निन्दनीय छ । यस्तो अभिव्यक्ति किसान मात्र होइन, सम्पूर्ण श्रमजीवी वर्गमाथि प्रहार हो ।‘

 

महासंघले बालेन साहजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो गैरजिम्मेवार र विभाजनकारी टिप्पणी आउनु दुःखद भएको जनाएको छ ।  ‘राज्यका सबै संरचनाहरूले किसानप्रति सम्मान र समर्थनको भावना राख्नुपर्ने बेला महानगर प्रमुखकै तर्फबाट अपमानजनक अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ ।’

महासंघले मेयर साहले आफ्नो उक्त स्टाटस हटाएर सार्वजनिक रूपमा माफी नमागे किसान समुदाय सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । उनले भने ‘हामी किसानका सम्मान र अधिकारका विषयमा कुनै सम्झौता गर्ने पक्षमा छैनौँ । यदि तिनका भावनामा चोट र्पुयाउने अभिव्यक्ति फिर्ता लिएर माफी मागिएन भने अखिल नेपाल किसान महासंघले चरणबद्ध विरोधका कार्यक्रम घोषणा गर्नेछ ।’

यसैबीच, सामाजिक सञ्जालमा पनि मेयरको उक्त स्टाटसलाई लिएर व्यापक विवाद चुलिएको छ । धेरै प्रयोगकर्ताहरूले बालेनको अभिव्यक्तिलाई अभिमानी र किसानविरोधी भन्दै आलोचना गरेका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?