दार्चुलामा अटोरिक्सा दुर्घटना, एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।

Workplace

नौगाड खोलामा खसेको अटोरिक्सामा सवार ११ वर्षीया अरुणा धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उनका अनुसार अटोरिक्सामा पाँचजना सवार रहेका थिए ।

होपरीगाडबाट धुलिगडातर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटोरिक्सा शनिबार दिउँसो दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि दुईजना बेपत्ता भएका छन् भने चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो अटोरिक्सामा रहेका चालकका १७ वर्षीय छोरा आयुस भुल घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाको पहिचान खुलेको छैन । उनीहरूको खोजीका लागि धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?