
- स्याङ्जाको वालिङमा ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा नुहाउने क्रममा एक महिला बेपत्ता भइन्।
- वर्षीया माया पाण्डेलाई खोलाले बगाएर केही किलोमिटर तल पुर्याएको थियो।
- खोजी कार्यका क्रममा उनको शव ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको छ।
स्याङ्जा।स्याङ्जाको वालिङमा आज बिहान ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने एक महिलाको खोलाले बगाउँदा निधन भएको छ।

वालिङ नगरपालिका-९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए।
उनका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ-१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ।
