जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, छ जना घाइते

काठमाडौ – डडेल्धुराको नवदुर्गा गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिप चालकसहित छ जना यात्रु घाइते भएका छन् । से१ज ७३८ नम्बरको जिप नवदुर्गा–५, चौडमा बिहान सवा नौ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Workplace

उक्त दुर्घटनामा परेर जिपमा सवार नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिएका छ्न ।

दुर्घटनामा परेर जिप चालक नवदुर्गा–५, का ३५ वर्षीय रामबहादुर साउद, सोही ठाउँका १८ वर्षीया सुशीला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिक घाइते भएकाे प्रहरीले जनाएको छ ।

निजि गाडीबाट सदरमुकाम पुर्‍याइएका घाइते चालक साउँदलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । अन्य घाइतेहरुलाइ एम्बुलेन्सबाट डडेल्धुरा अस्पताल ल्याइँदै छ । उनले बताएका छ्न

नवदुर्गा गाउँपालिका–५, ठाटाबजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको उक्त जिप दुर्घटनामा परेको हो । घटनास्थलमा छ जना घाइते भेटिएकाे उल्लेख गर्दै प्रहरी निरीक्षक बिष्टले पानी परेका कारण कच्ची बाटो चिप्लो भएर जिप सडकबाट खसेको हुनसक्ने बताएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?