भियतनामकी उपराष्ट्रपति सुआन आज नेपालमा उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौ  – नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज नेपालमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

Workplace

उनी उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर दुई देशबीचको सम्बन्ध र विभिन्न क्षेत्रका सहकार्यका विषयमा विचारविमर्श गर्नेछिन्।

सुआन नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव समारोहमा पनि सहभागी हुने कार्यक्रममा छिन्। उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा उनी शनिबार नेपाल आइपुगेकी थिइन्।

आगमनको दिन नै उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरी भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान सञ्चालन गर्ने सम्भावना प्रस्तुत गरेकी थिइन्।

सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप तथा अन्य प्रमुख सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि उनी स्वदेश फर्किने छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?