icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

प्लीज सुन्दर न भनौ ल….!

अर्घाखाँची, बाबु रोका मगर – ठुलो छोरोले घरभित्र पस्न बित्तिकै भन्यो – म आफ्नो नाम फेर्न चाहन्छु……| होइन ए किन…. तेरो नाम मा अब यस्तो के भयो कि तँ आफ्नो नाम फेर्न को लागी स्वर मच्चाएको छस? बाउ यही त भन्न सक्छन |”सबै मान्छेहरु मलाई सेक्सी भन्न थाले” छोराले भन्यो | उसको स्वरमा आक्रोश थियो | अनी यो तेरो नाम को खोट होइन बुझिस यो त तेरो चाल,डाल र नक्कल को ढंग हो त्यहिकारण तँलाई सेक्सी भन्छन | यही भनेर मैले राहातको सांस लिए | तपाईं लाई त केही पनि थाहा छैन…..| २-४ दिन अगाडि पनि महिला संघ कि अध्यक्ष ले भन्दै थीन सेक्सी भनेको सुन्दर हो | मैले पढेको थिए… अनी? छोराको कुरा बाउहरुले बुझ्नै सक्दैनन | जबकी सेक्सी भन्नु को अर्थ सुन्दर हुन्छ भने सुन्दर को अर्थ पनि सेक्सी नै भयो नी| अनी तपाईंले करोड्पती को भुबन के.सी. बाट प्रभाबित भएर मेरो नाम सुन्दर राखिदिनु भयो | अब त्यसको प्रतिकुल प्रभाब तपाईंको छोरो यो सुन्दर लाई भोग्नु परेको छ |

Workplace

छोरो रिसमा छ या मुस्किलमा छ मैले बुझ्नै सकेको थिएन | केही दिनको कुरा हो न रिसान त्यसपछी त मान्छेहरु भुल्छन नी | मैले उसलाई सम्झाउन खोजे |तर पनि उ चुप लागेन | के…भुल्छन कि मेरो खास नाम सुन्दर हो? त्यसो भए त पुरै जिन्दगीभर मलाई सेक्सी सुन्न पर्ने भयो | छोरो ले तर्क राख्यो | कुरा त उ ठिकै गरी राथ्यो जहिले देखी सक्सी को अर्थ सुन्दर भयो सही मन बाट पनि अरु कसैलाई सुन्दर भन्न पनि डर लाग्छ कि कतै उ पनि सेक्सी नै न सम्झोस् | यस बाट अर्थको अनर्थ हुने शंका हुन्छ |

हिजो मत्र म मेरी श्रीमती सँग साडी किन्न भनेर मार्के!ट गएको थिए कि उसलाई मन परेको साडी देखे बिना मैले यो भनेकी सुन्दर छ तिमी यो साडी मा सुन्दर देखिन्छ्यौ |वस भयो अब घर फर्की सकेपछी त मेरो क्लास लाग्यो | सोध्नु परेको dछैन मालाई तिमीलाई केही थाहा छ कि छैन? देखेका थियौ जब तिमी सुन्दर-सुन्दर भनी रहेका थियौ त्यहिबेला शो-रुम वाले सबी कानेखुशी गर्दै हेरी रहेका थिए | अस्ती पल्तिर कि शारदा ले भन्दै थिई कि साडिको एउटा शो-रुम मा त सुचना पनि लेखेको थियो रे कि सुन्दर नभन्नु ब्यूटीफुल भन्नु मेरी श्रीमतीले मलाई अर्कै पारा मा बताइन् |

कुरै -कुरामा अती सुन्दर भन्ने मेरो बानि सुन्दर भन्न पनि थरथरी काँपेर अक्मकाउनु पर्छ | मलाई सधैं सोच्नु पर्ने हुन्छ कि केही कुराहरु गर्दा मेरो मुखबाट सुन्दर शब्द निक्लने त होइ!!!इन? होइन भने नजिकै को मान्छेको दिमाग मा त सेक्सी नै गुन्जने छ | अनर्थ कसरी अर्थ लाई अ-सुन्दर बनाइ दिन्छ | यो कुरा सेक्सी शब्दबाट बुझ्न सजिलै सकिन्छ |
लेखक:- कलाकार, पत्रकार, राजनीतिक तथा सामजिक अभियनता हुन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?