अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत भन्सार कर घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा भोलि अर्थात अगस्ट १ देखि लागू हुने गरी २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गर्नुभएको छ ।

Workplace

 

 

उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोष्ट गर्दै भारतले रूसबाट ठूलो मात्रामा सैन्य उपकरण र ऊर्जा खरिद गरिरहेको आरोप लगाउँदै यो स्वीकार्य नभएको बताउनुभयो ।

त्यसको बदलामा भारतले २५ प्रतिशत भन्सार कर तिर्नुपर्ने राष्ट्रपति ट्रम्पले बताएको बीबीसी हिन्दीले जनाएको हो  ।

भारत र अमेरिकाबीच गएको केही महिनादेखि निष्पक्ष र पारस्परिक लाभदायक व्यापार सम्झौताका लागि वार्ता चलिरहेको थियो, तर कुनै औपचारिक सम्झौता घोषणा भइसकेको थिएन ।

यस घटनापछि भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्रतिक्रिया दिँदै भारत सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइबारे जानकारी लिएको र यसको सम्भावित प्रभावको अध्ययन गरिरहेको जनाएको छ ।

यसैबीच, भारतीय विपक्षी दल कांग्रेसले सरकारको विदेश नीतिलाई विफल भएको बताउँदै प्रधानमन्त्री मोदीको ट्रम्पसँगको मित्रताको मूल्य पूरा देशले चुकाउनुपरेको आरोप लगाएको छ । सत्तारुढ भारतीय जनता पार्टीका सांसदले अमेरिकी पक्षसँग फेरि संवाद गर्नुपर्ने बताएका छन ।

यसअघि ट्रम्पले एअर फोर्स वन विमानमा पत्रकारहरूसँगको कुराकानीमा पनि भारतमाथि कडा भन्सार कर लगाउने सङकेत बतायको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?