नेपालको राहदानी पासपोर्ट पुनः विश्वकै कमजोर सूचीमा

काठमाडौ – नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूचीमा नेपाल ९५औँ स्थानमा छ। ९९ वटा सूचीमध्ये नेपाल र लिविया ९५औँ स्थानमा परेको हो।

Workplace

 

 

नेपालभन्दा पछाडि यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया अन्तिममा अफगानिस्तान रहेका छन्। कमजोर सूचीमा नेपालसँगै बंगलादेश, इरिट्रिया, प्यालेनस्टीयान टेरोटेरी, उत्तर कोरिया, सुडान र श्रीलंका रहेका छन्। दक्षिण एसियाली मुलुकमध्ये भुटान ८४औँ, भारत ७७औँ र माल्दिभ्स सबैभन्दा माथि ५३औँ स्थानमा रहेको छ।

त्यस्तै शक्तिशाली राहदानीको नम्बर १ मा सिंगापुर रहेको छ। त्यसपछि दोस्रोमा जापान र दक्षिण कोरिया, तेस्रोमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन रहेका छन्। त्यस्तै चौथो र्‍यांकमा अष्ट्रिया, बेल्जियम, लक्म्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल र स्विडेन रहेका छन्।

त्यस्तै पाँचौँ र्‍यांकमा ग्रिस, न्युजील्यान्ड, स्वीट्रजरल्यान्ड, छैटौँमा बेलायत, सातौँमा अष्ट्रेलिया, चेकिया, हंगेरी, माल्टा र पोल्यान्ड रहेका छन्।

त्यस्तै आठौँमा क्यानडा, इस्टोनिया, संयुक्त अरब इमिरेट्स, नवौँमा क्रोएसिया, लेटभिया, स्लोभाकिया र स्लोभेनिया र दसौंमा आइसल्यान्ड, लिथुनिया र अमेरिका रहेका छन्।

यसअघि वर्ष पनि नेपालको पासपोर्ट कमजोर सूचीमै परेको थियो। द हेन्ली पासपोर्ट इन्डेक्समा नेपालको पासपोर्ट निरन्तर कमजोरमा र्‍यांकमा पर्दै आएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?