नेकपा एमाले अर्घाखाँचीको पाँचौं पूर्ण बैठक सम्पन्न

लुम्बिनी  अर्घाखाँची — नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको पाँचौं पूर्ण बैठक सोमबार सन्धिखर्कस्थित डायमण्ड होटल एण्ड लजमा सम्पन्न भएको छ।

Workplace

बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि, जनतासँगको प्रत्यक्ष पहुँच विस्तार र पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा विस्तृत छलफल गरिएको जिल्ला कमिटीले जनाएको छ।

पार्टी जिल्ला अध्यक्ष पितम्बर भुसालले बैठकपछि भने, “पार्टीलाई जनस्तरमा अझ सशक्त र जिम्मेवार बनाउन विशेष रणनीति तयार गरिएको छ। जिल्लाभरका संरचनालाई गतिशील बनाउन अब प्रत्येक तहमा प्रत्यक्ष जनसंपर्क र संगठन विस्तारमा जोड दिइने बताएका छ्न।

बैठकले जिल्लाभरका पार्टी संरचना र जनसंगठनलाई व्यवस्थित र उर्जाशील बनाउनका साथै आगामी कार्यक्रमहरूलाई योजनाबद्ध ढंगले अघि बढाउने निर्णय गरेको छ। साथै, वर्तमान राजनीतिक परिस्थिति र जिल्लाको विकास–निर्माणमा पार्टीको सक्रियता अझ प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिने बताइएको छ।

कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरू तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरू र कार्यकर्ता हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?