देउवाको इच्छा  “अब रिटायर्ड हुने समय आयो, पार्टी एकढिक्का बनाउने चाहना छ”

चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफ्नो राजनीतिक जीवनबाट बिदा लिने समय आएको संकेत गरेका छन्। उनले पार्टीलाई एकढिक्का बनाएर मात्रै राजनीतिबाट अवकाश लिन चाहेको इच्छा व्यक्त गरेका छन्।

Workplace

प्रजातन्त्र सेनानी स्व. गौरीदेवी प्रधानको सातौं दिनको पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस चितवनले आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै देउवाले पार्टीभित्रको गुटगत प्रतिस्पर्धाप्रति गहिरो चिन्ता व्यक्त गरे। “टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ,” उनले भने, “यही हाम्रो पार्टीको रोग हो। यदि हामी एक भयौं भने कांग्रेसले एक्लैले पनि बहुमत ल्याउन सक्छ।”

पार्टीभित्र एकता र समन्वयको आवश्यकता औँल्याउँदै देउवाले पार्टी बलियो बनेमा कुनै पनि गठबन्धन आवश्यक नपर्ने धारणा राखे। “जब बहुमत आउँदैन, तब गठबन्धन गर्नुको बाध्यता हुन्छ,” उनले थपे, “हिजो माओवादीसँग मिल्यौं, अहिले एमालेसँग मिल्यौं। बहुमत नभएकाले बाध्य भइ मिल्नुपरेको हो।”

उनले आफू पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै अब पार्टीलाई सुदृढ बनाएर अगाडि बढाउने मात्र आफ्नो लक्ष्य रहेको बताए। “यही पार्टीको सभापति भएर देश र जनताको सेवा गर्ने मौका पाएँ,” देउवाले भने, “अब यो पार्टीलाई बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन।”

उनले समानुपातिक र समावेशी प्रतिनिधित्वको वर्तमान संविधान सबै जातजातिलाई समेट्ने सुन्दर दस्तावेज भएको भन्दै एकल बहुमत ल्याउन भने चुनौतीपूर्ण रहेको बताए।

कार्यक्रममा देउवाले स्व. गौरीदेवी प्रधान र उनका श्रीमान् श्यामकृष्ण प्रधानले देखाएको बाटो प्रेरणादायी रहेको भन्दै उनीहरूले सुरु गरेका अधुरा कार्यलाई पूरा गर्नु अहिलेको पुस्ताको दायित्व भएको बताए।

सो अवसरमा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेस नै नेपालको समृद्धिको वाहक शक्ति भएको धारणा राखे। उनले इतिहासको गौरव सम्झँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउन सके बलियो कांग्रेस निर्माण गर्न सकिने बताए।

त्यस्तै नेता विमलेन्द्र निधिले गठबन्धन आवश्यकताका आधारमा हुन सक्ने बताए। उनले एकल बहुमत नआउँदा गठबन्धनको विकल्प खोज्नु परेको बताए।

कांग्रेस नेता डा. शशांक कोइरालाले संविधानको रक्षा कांग्रेस बलियो हुँदा मात्र सम्भव हुने विचार राखे। कार्यक्रममा केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङले पनि आफ्ना धारणा राखेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

१२ करोडको सुन–चाँदी बोकेर नेपाल भाग्दै गरेका श्रीमान–श्रीमती र साली पक्राउ

सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घट्यो

मुगुमा आज भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा बिर्ख बहादुर मल्ल विजयी।

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

छुटाउनुभयो कि ?