हामीले दरबार छोड्दा पनि कसैलाई हानि पुर्‍याएनौं, भोलि जनताले खोजे पुनः फर्कन सक्छौं” पारस शाह

काठमाडौं — पूर्व युवराज पारस शाहले एक कार्यक्रममार्फत भावुक अभिव्यक्ति दिएका छन्। उनले दरबार छोड्दा पनि कसैलाई कुनै किसिमको हानि नपु¥याएको उल्लेख गर्दै भोलिका दिनमा जनताले पुनः चाहेमा आफूहरू फेरि पनि त्यही शान्त र सम्मानजनक ढंगले फर्कन तयार रहेको बताएका छन्।

Workplace

“हामीले दरबार छोड्दा पनि कुनै नेपालीलाई सानो घाउ पनि लागेको थिएन,” शाहले भने, “भोलि जनताले खोजे भने हामी त्यही विनम्रता र मर्यादामा फर्कन चाहन्छौं, चाहे ऊ जोसुकै नेपाली होस्, कसैलाई नपीरोस।”

उनको यो अभिव्यक्तिलाई केहीले राजतन्त्रको सम्भावित पुनरागमनको सन्देशका रूपमा बुझेका छन् भने कतिपयले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउने ढंगमा लिएका छन्।

पारस शाह पछिल्लो समय सामाजिक र राष्ट्रिय मुद्दामा खुलेर प्रस्तुत हुन थालेका छन्। युवापुस्तामाझ उनको समर्थन बढ्दो छ भन्ने चर्चा पनि छ।

तर राजनीतिक वृत्त भने शाहको अभिव्यक्तिमा चनाखो देखिएको छ। विश्लेषकहरू भन्छन् — “यो अभिव्यक्ति तत्कालको शक्ति प्राप्तिको प्रयास होइन, तर भविष्यप्रति संकेत हुन सक्छ।”

नेपालमा हाल गणतन्त्र व्यवस्था विद्यमान रहे पनि पारस शाह लगायत केही पूर्वशाही परिवारका सदस्यहरू जनसंपर्क र जनभावनालाई सम्बोधन गर्ने प्रयासमा सक्रिय देखिन्छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?