भोलि केही भयो भने प्रधानमन्त्री जिम्मेवार”: ज्ञानेन्द्र शाही,

 

Workplace

काठमाडौं, — “भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ” भन्ने अभिव्यक्ति दिएपछि सांसद ज्ञानेन्द्र शाही कानूनी बहसको केन्द्रमा छन्।

राजनीतिक नेताहरू र सार्वजनिक व्यक्तिहरूको अभिव्यक्तिले हिंसा भड्काउने सम्भावना भएको अवस्थामा कानूनी कारवाहीको बाटो खुल्ने विज्ञहरूको भनाइ छ। नेपालको प्रचलित कानून अनुसार यस्ता अभिव्यक्तिहरू सार्वजनिक शान्ति भंग गर्ने, दंगा फैलाउने वा सामाजिक द्वेष बढाउने किसिमका भएमा दण्डनीय हुन्छन्।

फौजदारी संहिता ऐन २०७४ को धारा ४७, ४८ र ४९, संविधानको धारा १७, साइबर अपराध ऐन को धारा ४७ र ४८, तथा सार्वजनिक अपराध ऐन को धारा ३ यस्ता अभिव्यक्तिमाथि कानूनी प्रक्रिया अघि बढाउन प्रयोग गर्न सकिने बताएइको छ ।

विशेष गरी सामाजिक सञ्जालमार्फत हिंसात्मक वा उत्तेजक अभिव्यक्ति प्रसारित हुने हो भने त्यसले साइबर अपराध ऐन अन्तर्गत थप गम्भीर कानूनी परिणाम निम्त्याउन सक्छ।

सजाय के हुन सक्छ?
१ वर्षदेखि ५ वर्षसम्मको कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ। यदि यस्ता अभिव्यक्तिले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍यायो भने राष्ट्रिय सुरक्षा ऐन २०४६ अनुसार थप कडा कारवाही हुन सक्छ विज्ञहरूको भनाइ छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?