कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने

समाचार सारांश
Auto Generated by AI
  • एमाले र माओवादीबीचको सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने भएको छ।
  • संसदीय दलका नेता मंगलबहादुर शाही कर्णालीको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
  • मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएपछि मुगुका शाही पहिलो पटक मुख्यमन्त्री बन्दै छन्।
रतन बहादुर रावल मुगु —नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकार सहकार्य गर्न भएको सहमति बमोजिम कर्णालीमा नेकपा ले सरकारको नेतृत्व गर्ने भएको छ । कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पाटी नेकपा बाट संसदीय दलको नेतृत्व मंगलबहादुर शाहीले नै गरि रहेको हुदा उनी मुख्यमन्त्री बन्ने भएका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार सहमति पत्रमा हस्ताक्षर भएसंगै कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने जिम्मा नेकपाको भागमा परेको छ । दुई पार्टी बीच सहमति अनुसार नया सरकार गठनको प्रकृया संबैधानिक ब्याबस्था बमोजिम अघि बढने छ र सरकारको नेतृच्व नेकपाले गर्ने भएको छ ।

Workplace

कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत असार ३१ समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्व सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री कँडेलले पनि पदबाट राजीनामा दिइ सकेको हुदा नया सरकार गठनको प्रकृया अघि बढने भएको छ । संघीयता लागु संगै प्रदेश सरकार गठन भए पश्चात मुगुले पहिलो पटक मुख्यमन्त्री पाउने भएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?