आजको राशिफल (२०८१ चैत्र १२, मङ्गलवार)

नेपालमा सूर्य तथा चन्द्रको गति: सूर्योदय: बिहान ०५:५७ बजे सूर्यास्त: साँझ ०६:०९ बजे चन्द्रास्त: दिउँसो ०२:२४ बजे चन्द्रोदय: मध्यरात्रीपछि ०२:०१ बजे हुने छ।  आजको राशिफल पूरा हेर्नू होस ।

Workplace

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

भावनात्मक निर्णयले समस्या ल्याउन सक्छ। काममा ढिलाइ हुनसक्छ, तर धैर्य राख्नुहोस्। वरिष्ठ कर्मचारीहरूसँग असमझदारी हुन सक्छ, सतर्क रहनुहोस्। सम्बन्ध सुधार गर्न प्रेमी/प्रेमिकासँग समय बिताउनु राम्रो हुनेछ। रिस नियन्त्रण गर्न आवश्यक छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कानुनी वा आर्थिक मामिलामा चुनौती आउन सक्छ। विवादबाट टाढा रहनुहोस्। परीक्षा वा प्रतिस्पर्धाका लागि मिहिनेत आवश्यक छ। नयाँ अवसर प्राप्त गर्न मेहनत गर्नुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज इच्छाशक्ति बलियो रहनेछ। ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गर्ने अवसर पाइनेछ। महत्त्वपूर्ण उपलब्धिहरू हात लाग्न सक्छन्। व्यक्तिगत खुसी र मनोरञ्जनका लागि समय निकाल्न सक्नुहुन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ। घरजग्गा तथा सवारीसाधनसम्बन्धी योजना बन्नसक्छ। दौडधूप आवश्यक पर्ने दिन हुनेछ। सानातिना कुरामा ध्यान नदिएर ठूलो लक्ष्यमा केन्द्रित हुनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहपाठी वा सहकर्मीको सहयोग लिनुहोस्। मन्दिर वा धार्मिक स्थलको भ्रमणले मन शान्त बनाउनेछ। कार्यक्षेत्रमा सामंजस्य कायम गर्नुपर्ने दिन हो। परिवार वा छरछिमेकसँग सम्बन्ध सुधार्न ध्यान दिनुहोस्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक लाभको सम्भावना छ। महत्त्वपूर्ण लगानीका लागि राम्रो समय हो। व्यक्तित्व विकासका अवसर मिल्नेछन्। अचानक कुनै पुरानो धन फिर्ता आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक सम्बन्ध सुधार गर्न आवश्यक छ। एक्लोपन वा निराशा महसुस हुनसक्छ। विश्वासको संकट हुन सक्छ, तर खुला संवाद राख्दा समस्या समाधान हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा ध्यान दिन आवश्यक छ। पारिवारिक सम्बन्ध सुधारिनेछ। पुराना मित्रहरूसँग भेटघाट हुनेछ। अध्ययन वा करियरसम्बन्धी छलफल हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ ज्ञान प्राप्त गर्न सकिने दिन हो। आम्दानीको स्रोत बढ्ने सम्भावना छ। धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। सेयर वा लगानी गर्न अनुकूल समय हो।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ जिम्मेवारी लिनुपर्ने दिन हो। सहकर्मीहरूसँग राम्रो सम्बन्ध राख्नुहोस्। आत्मविश्वास बढाएर नयाँ अवसर खोज्नुहोस्। बोलिचालीमा ध्यान दिनुहोस्, किनकि तपाईंको आलोचना हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पुरानो समस्या समाधान गर्न सकिनेछ। आर्थिक लाभ हुने सम्भावना छ। कार्यक्षेत्रमा मेहनत गर्न आवश्यक छ। प्रियजनहरूसँग भेटघाट हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

योजनाबद्ध तरिकाले काम गरेमा सफलता मिल्नेछ। अहंकार त्याग्नुहोस्। विदेश यात्रा वा छात्रवृत्तिका लागि राम्रो समय छ। नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने स्थिति आउन सक्छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?