मधेस प्रदेश सभा बैठक बस्दै

समाचार सारांश
Auto Generated by AI
  • मधेस प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि बुधबारदेखि छलफल सुरु हुँदैछ।
  • प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ।
  • दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची छ।

काठमाडौ – मधेस प्रदेश सभामा बुधबारदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ।

Workplace

विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ः०० बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए।

प्रदेश सभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको उनले बताए।

मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?