पथरी-मंगलबारे — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरी–मंगलबारे सडकखण्डमा मालबाहक ट्रक पल्टिएको छ। आज दिउसो घटेको दुर्घटनामा ट्रकमा लोड गरिएका सामग्री सडकमा छरिएको दृश्य देखिएको छ।

दुर्घटनापछि सडकको एक भाग अवरुद्ध बनेको छ भने ट्राफिक प्रहरीले तत्काल घटना स्थलमा पुगेर आवागमन सहज बनाउन पहल गरिरहेको जनाएको छ।
दुर्घटनाको कारण र मानवीय क्षति भएको/नभएको विषयमा विस्तृत विवरण आउन बाँकी छ। घटनास्थलमा यात्रुहरू र स्थानीयवासीहरूको भीड लागेको छ।
स्थिति सामान्य बनाउन ट्राफिक प्रहरीको टोली खटिएको छ भने ट्रक हटाउने प्रयास तीव्र पारिएको प्रहरीले जनाएको छ ।
