राजावादीलाई सरकारको सन्देश आवश्यक परे प्रतिबन्ध लगाइन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी समूहहरू संविधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

Workplace

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्रविरोधी गतिविधि बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

- Advertisement -Workplace

उनका अनुसार, “संविधानमै राजतन्त्र पुनःस्थापनाको कुरा स्वीकार्य छैन। देशलाई विखण्डनतर्फ लैजाने, हिंसा, आगजनी, हत्या र लुटपाटजस्ता संविधान विरोधी कार्यहरूबाट गणतन्त्रलाई चुनौति दिने प्रयास भइरहेको छ।”

मन्त्री गुरुङले जेठ १५ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै त्यस दिन संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउँदै त्यसको भव्य र गरिमापूर्ण रूपमा सरकारबाट célébration गरिने जानकारी दिए। उनले भने, “उक्त दिन राजावादीहरूबाट गणतन्त्रविरोधी प्रदर्शनको प्रयास भइरहेको छ। हामीले अभिव्यक्ति र प्रदर्शनको अधिकार दिएका छौँ, त्यो कमजोरी होइन। यो हाम्रो उदारता हो।”

तर, मन्त्री गुरुङले सरकारलाई कमजोर नठान्न आग्रह गर्दै स्पष्ट शब्दमा भने, “संविधान विरोधी गतिविधि निरन्तर भइरहे सरकार टुलुटुलु हेरेर बस्दैन। आवश्यक परे प्रतिवाद हुन्छ र त्यो प्रतिवाद संविधानको दायराभित्रै हुन्छ।”

उनले संवैधानिक रूपमा यस्ता गतिविधिमा प्रतिबन्ध लगाउने छुट सरकारसँग भएको पनि स्मरण गराए। तर अहिलेसम्म त्यस अधिकारको प्रयोग नगरेको बताए। “संविधानभित्र बसेर विचार राख्न पाइन्छ, तर संविधानमाथि नै प्रहार गर्ने छुट कसैलाई छैन,” उनले भने।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?