
समाचार सारांश
Auto Generated by AI
- अविरल वर्षाका कारण अवरुद्ध मुगु जिल्ला अस्पताल जाने सडक पुनः सञ्चालनमा आएको छ।
- बाढी र लेदोले बाटो थुनिएपछि बिरामी र सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको थियो।
- सुरक्षाकर्मी र स्थानीयको सक्रिय प्रयासपछि बिहान नौ बजेदेखि यातायात नियमित भएको छ।
रतन रावल२१ असार २०८३
अत्याधिक वर्षाका कारण अवरुद्ध बनेको मुगुको जिल्ला अस्पताल नजिकैको सडक खण्ड पुनः सञ्चालनमा आएको छ। छायाँनाथ रारा नगरपालिका का नगर प्रहरीले जानकारी गराउनुभएको छ।
अत्याधिक वर्षाका कारण अवरुद्ध बनेको मुगुको जिल्ला अस्पताल नजिकैको सडक खण्ड पुनः सञ्चालनमा आएको छ। छायाँनाथ रारा नगरपालिका का नगर प्रहरीले जानकारी गराउनुभएको छ।
शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण सदरमुकाम गमगढि बजार क्षेत्रबाट बगेर आएको लेदोसहितको बाढीले जिल्ला अस्पताल मुगु जाने मुख्य बाटो पूर्ण रूपमा अवरुद्ध पारेको थियो। बिरामी बोकेका एम्बुलेन्स र सर्वसाधारणलाई अस्पताल आवतजावत गर्न सास्ती भएपछि आज बिहानैदेखि मुगु मुगु जिल्ला स्थित सुरक्षाकर्मीको टोली सडक खुलाउन खटिएको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, जिल्ला अस्पतालका मुगुका कर्मचारी तथा स्थानीय बासिन्दाहरूको संयुक्त र सक्रिय प्रयासपछि आज बिहान ठीक ९:०० बजे सडकको अवरोध पूर्ण रूपमा हटाइएको छ। बाटो खुलेपछि अहिले अस्पतालतर्फको यातायात र आवतजावत नियमित रूपमा सञ्चालन भइरहेको छ।

