केदारनाथ धामको ढोका आज (शुक्रबार)देखि खुल्ने

काठमाडौ – केदारनाथ धामको ढोका आज (शुक्रबार)देखि खुल्ने भएकाले भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

Workplace

प्रहरी उपरीक्षक अक्षय प्रह्लाद कोन्डेले भक्तजनको सुरक्षा आफूहरूको प्राथमिकता भएको बताए।

- Advertisement -Workplace

‘यो यात्रा यति ठूलो मात्रामा छ कि हाम्रो प्राथमिकता भक्तजनको सुरक्षा हो। सुरक्षा र व्यवस्थापन दुवै प्रयोजनका लागि उचित सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने।

प्रमुख कार्यकारी अधिकृत बद्री केदार मन्दिर समितिका प्रमुख कार्यकारी अधिकृत विले थपलियालले भने, ‘आज बाबा केदारनाथ धामको ढोका खुल्ने शुभ दिन हो। यसपालि हामीले भव्य तयारी गरेका छौँ।’

केदारनाथ धामको ढोकाका रूपमा १३ क्विन्टल फूलले भगवान केदारनाथ मन्दिरलाई सजाइएको छ। बाबा केदारनाथको मूर्ति मे १ मा केदारनाथ धाममा आइपुगेपछि मे २ बिहान ७ बजेदेखि भक्तजनका लागि मन्दिरको ढोका खुल्नेछ।

यसैबीच, सन् २०२५ को श्री केदारनाथ धाम यात्राका लागि उत्तराखण्डको सोनप्रयागबाट हेलिकप्टर सेवा सुरु भएको छ।

हेलिकप्टर अपरेटर पवन राणाले भने, ‘आईआरसीटीसीमा अनलाइन टिकट उपलब्ध छ, अफलाइन टिकट जिल्ला मजिस्ट्रेट वा सेक्टर मजिस्ट्रेटमार्फत प्राप्त गर्न सकिन्छ। हामी दैनिक २० देखि ३० उडान सञ्चालन गर्छौं र यसबाट १५० भन्दा बढी तीर्थयात्रीलाई सेवा दिनेछौँ।’

उनले उडान सञ्चालन मौसमको अवस्थाको अधीनमा रहेको बताए। उनले भने, ‘मौसम सफा भयो भने दैनिक २५ देखि ३० वटासम्म उडान गर्न सकिन्छ। खराब मौसमको अवस्थामा टिकट रद्द गरी पैसा फिर्ता गरिनेछ। यात्री सुरक्षा प्राथमिकता छ। सुरक्षा व्यवस्था मिलाइएको छ र हरेक यात्रुलाई उडान गर्नुअघि उचित जानकारी दिइनेछ।

दैनिक १५० को हाराहारीमा हेलिकप्टरमार्फत् केदारधाम यात्राका लागि अनलाइन बुकिङ हुने गरेको र एक महिनाका लागि अग्रिम बुकिङ खुला रहेको राणाले जानकारी दिए।

अक्षय तृतीयाको पावन अवसरमा वैदिक मन्त्रोच्चारण र पूजाआजासहित गंगोत्री र यमुनोत्री धामको ढोका भक्तजनका लागि बुधबार खुला गरिएको छ। यससँगै उत्तराखण्डको चारधाम यात्रा सन् २०२५ को औपचारिक सुरुवात भएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?