धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण

काठमाडौ  – धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ ।

Workplace

धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको  थालिएको हो ।

पुल निर्माणका लागि रु तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छ।

आयोजना कार्यालयका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ ।

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले– धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो ।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा विलम्ब भएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?