अर्घाखाँची, — लामो समयदेखि कार्यसमितिविहीन रहँदै आएको सुपा देउराली मन्दिरले अन्ततः नयाँ कार्यसमिति चयन गरेको छ। मिति २०८२ साल असार १३ गते बसेको निर्वाचन समितिको बैठकले संरक्षक समिति र लेखा समिति गठन गर्दै मन्दिरको पुनः व्यवस्थापन प्रक्रियामा नयाँ गति ल्याउने निर्णय गरेको छ ।

निर्वाचन समिति मार्फत चयन गरिएको समितिमा फरक-फरक वडाबाट प्रतिनिधित्व गर्दै १३ सदस्यीय संरचना तयार गरिएको छ। समितिको अध्यक्षमा फर्श बहादुर खत्री चयन भएका छन् भने उपाध्यक्षमा हरिलाल खनाल , सचिवमा गिर बहादुर गुरुङ चयन भएका छ्न भने कोषाध्यक्षमा कमल के.सी. चयन भएका हुन। सहसचिव कृष्णलालपुरी रहेका छ्न ।
वरिष्ठ सदस्यमा गणेशबहादुर थापा चयन भएका छ्न भने अन्य सदस्यहरूमा झलकुमारी अधिकारी , बिन्द्र बहादुर गुरुङ, हिमलाल घिमिरे, , नारायण थापा, मैना खत्री, मन्जु खत्री, सरस्वती थापा आदि रहेका छन्।
त्यस्तै, लेखा समितिको संयोजकमा मनोज खत्री क्षेत्री , सदस्यमा केशव खनाल र मान बहादुर थापा रहेका छन्।
मन्दिरको ऐतिहासिक पृष्ठभूमि : सुपा देउराली मन्दिर अर्घाखाँची जिल्लाको सुपादेउरालीमा अवस्थित प्रसिद्ध भगवती मन्दिर हो। समुद्र सतहदेखि करिब ४५०० फिटको उचाइमा अवस्थित यो मन्दिर विशेषगरी महाकाली, भगवती, शिव–शक्ति र अन्य देवीदेवताहरूको उपासना केन्द्र हो। विशेष गरी दशैं, चैते दशैं, महाशिवरात्रि लगायतका चाडपर्वमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ। यदपी पोछिलो समय भने यहाँ दैनिक हजारौं भक्तजन हरु आउने गर्दा छ्न ।
मन्दिरमा भक्तजनहरू पशुबलि दिने परम्परा अझै जीवित छ, यद्यपि पछिल्लो समय यसको आवश्यकताको पुनरावलोकन गर्नुपर्ने बहसहरू पनि उठ्न थालेका छन्। अहिले यो मन्दिर नेपालमा मात्र नभइ विश्वमा परिचित हुँदै गएको छ ।
पछिल्लो केही महिनादेखि सुपा देउराली मन्दिर स्थायी समितिविहीन रहेको थियो। यसका कारण मन्दिरको दैनिक कार्य, आर्थिक पारदर्शिता, सरसफाइ, धार्मिक गतिविधि तथा विकास निर्माण कार्य प्रभावित हुँदै आएको थियो। स्थानीय समुदाय र श्रद्धालुहरूबीच समेत यसबारे चासो बढेको थियो। साथै यो बिषयमा विभिन्न निकाय आम जनमानसमा समेत चासोको बिषय बनेको थियो ।
नयाँ कार्यसमिति गठनसँगै अब मन्दिर व्यवस्थापन, आर्थिक पारदर्शिता, सामाजिक उत्तरदायित्व तथा धार्मिक आयोजनाहरू थप व्यवस्थित हुने आम जनमानस र भक्तजन हरुले आशा गरेका छन। समितिले मन्दिर विकास, पर्यटकीय पूर्वाधार विस्तार, र भक्तजनको सुरक्षाका विषयमा प्राथमिकता दिने जनाएको छ। यो समिती कार्यादल बाट नै पारित भएको र यसैलाइ कार्यान्वयनमा लिएको जनाइएको छ ।


