काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले झोले बन्नैपर्ने हो भने व्यक्तिको होइन, देशको झोले बन्नुपर्ने बताएकी छन्।

बुधबार साँझ नागरिक फ्रन्टलाइन कार्यक्रममा बोल्दै श्रेष्ठले लोकतन्त्रको नाममा नेतातन्त्र हावी भएको टिप्पणी गर्दै भनिन्, “झोले बन्नु छ भने देशको झोले बन्ने हो, व्यक्ति वा पार्टीको झोले नबन्ने। अरु सबै गौण हुन्। मुलुकलाई बीचमा राखेर काम गर्यौँ भने धेरै कुरा गर्न सक्छौँ।”
उनले लोकतन्त्रको अभ्यासमा ‘लोक’ हराएको भन्दै वर्तमान प्रणालीमा नेताको खुसी नै सबथोक भएको बताइन्। “नेता खुसी छ भने टिकट पाउने, नियुक्ति हुने सबै हुन्छ, तर खुसी छैन भने केही हुँदैन,” श्रेष्ठको भनाइ थियो।
