कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौँ, असार २५ – काठमाडौँको कोटेश्वरस्थित पाल्पाकोट चोकबाट प्रहरीले ४० किलो गाँजा (पेलेन)सहित पाँच जनालाई पक्राउ गरेको छ।

Workplace

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ का १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, सोही ठाउँका ३६ वर्षीय जीवन प्रजा (हाल महाराजगञ्ज बसोबास) र कोटेश्वर बस्ने सुमन चेपाङ रहेका प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बुधबार पक्राउ गरेको हो। प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार पक्राउ परेकाहरूको साथबाट ४० किलो गाँजा र नगद १ लाख २५ हजार रुपैयाँ बरामद गरिएको जानकारी दिएका छ्न।

हाल आरोपीहरूमाथि आवश्यक अनुसन्धान गर्न बानेश्वर प्रहरी वृत्तले अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाएको एसपी बोहराले जानकारी दिएका छ्न।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?