दिल्ली नेपाली राजदुतावासमा देउसीभैलो कार्यक्रम भव्य रूपमा सम्पन्न, नेपाली कला–संस्कृतिको आकर्षक प्रस्तुति

समाचार सारांश
Auto Generated by AI
  • नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले प्रवासमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले २१ वटा संस्थाको सहभागितामा भव्य देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ।
  • कार्यक्रमको व्यवस्थापन, मञ्च सजावट र खानपानको व्यवस्था निकै आकर्षक रहे पनि सांस्कृतिक प्रस्तुतिमा मौलिकताभन्दा आधुनिक डिजे गीतको प्रयोग बढी देखिएको छ।
  • आगामी दिनमा प्रवासमा नेपाली पहिचान जोगाउन यस्ता कार्यक्रममा आधुनिकतालाई कम गर्दै लोकगीत, नृत्य र परम्परागत मौलिकतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।

अर्जुन थापा नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको आयोजनामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Workplace

- Advertisement -Workplace

नेपाली राजदूतावासको प्राङ्गणमा आयोजित कार्यक्रममा भारतमा बसोबास गर्दै आएका विभिन्न नेपाली संघसंस्था, पत्रकार, समाजसेवी, प्रवासी नेपाली तथा विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापा प्रमुख अतिथिका रूपमा उपस्थित सङै एसएसपी प्रकाश मल्ल्को समेत अतिथिको रुपमा उपस्थिति रहेको थियो कार्यक्रम  सञ्चालन संस्कृति काउन्सिलर छबिलाल सुवेदीले गर्नुभएको थियो त्यस्तै दूतावासले दिने  उपहार भने दूतावासका कर्मचारीले चिट्क्क पारेर सेल रोटि पालामा दियौं फुलमाला अक्षेता र केही रकम सहितको टोकरी हस्तान्तरण गरेका थिए ।


यस वर्षको कार्यक्रम व्यवस्थापन अघिल्ला वर्षहरूको तुलनामा व्यवस्थित र आकर्षक देखिएको थियो। राजदूतावासले विभिन्न संघसंस्थालाई आफ्ना सामग्री तथा प्रस्तुति राख्न छुट्टाछुट्टै स्टल उपलब्ध गराएको थियो। साथै, कार्यक्रमस्थलमा आकर्षक मञ्च, रंगीन बत्ती, कुर्सी तथा अन्य आवश्यक व्यवस्थापन गरिएको थियो। नेपाली परिकारसहित खानपानको व्यवस्था पनि गरिएको थियो।

कार्यक्रममा विभिन्न संघसंस्थाले आफ्नो मौलिक पहिचान झल्काउने सांस्कृतिक प्रस्तुति दिएका थिए। प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परासँग जोडिन पाउँदा सहभागीहरू उत्साहित देखिन्थे। नेपाली मौलिक गीतसंगीत र सांस्कृतिक प्रस्तुतिले केही समयका लागि आफूहरू मातृभूमिमै रहेको अनुभूति गराएको सहभागीहरूको भनाइ थियो।
तर कार्यक्रमको अर्को पक्षबारे पनि केही  सुझाव  छन्। देउसी–भैलो नेपाली मौलिक संस्कृति, परम्परा र सामूहिक सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। कार्यक्रममा मौलिक प्रस्तुतिसँगै डिजे गीत र नृत्यले पनि उल्लेख्य स्थान पाएको देखियो। यसले आगामी दिनमा देउसी–भैलोको मौलिकता र सांस्कृतिक पहिचानलाई अझ प्राथमिकता दिनुपर्ने आवश्यकता देखन सकिन्छ दूतावास सङै संस्थाले पनि एक पल्ट बिचार बिमर्श गर्नु प्रने देखन सकिन्छ ।

 

कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले प्रवासमा नेपाली भाषा, कला, संस्कृति र परम्परालाई जीवन्त राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। भारतमा जन्मेहुर्केका नयाँ पुस्तालाई समेत नेपाली मौलिक संस्कृतिसँग जोड्न यस्ता अवसर प्रभावकारी हुने विश्वास सहभागीहरूको थियो।

कार्यक्रममा नेपाली एकता समाज भारत, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली समाज भारत दिल्ली एनसीआर राज्य समिति, लालिगुराँस जनसेवा सांस्कृतिक मञ्च, प्रवासी नेपाली प्रेरणा समिति, प्रवासी नेपाली सम्पर्क मञ्च भारत, नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र, पर्वत समाज भारत, मानव कल्याण समिति दिल्ली, गुल्मी सम्पर्क समाज भारत, श्री पशुपतिनाथ सोसाइटी आया नगर, प्रवासी नेपाली जनकल्याण समिति, अखिल भारत प्रवासी नेपाली संघ, मित्र मञ्च मानव कल्याण भारत, जनहित सांस्कृतिक परिवार, कानुन लंघाली मगर समाज भारत, प्रवासी नेपाली संघ भारत, हाम्रो स्वाभिमान ट्रस्ट दिल्ली, गुरुङ सेवा समिति दिल्ली, सुदूरपश्चिम नेपाली समाज तथा श्री जनचेतना भजन कीर्तन मण्डलीलगायत २१ वटा संघसंस्थाको सहभागिता रहेको थियो।

कार्यक्रमको व्यवस्थापन, संस्थाहरूलाई उपलब्ध गराइएको स्थान, मञ्च सजावट तथा खानपानको व्यवस्थाले सहभागीहरूको ध्यान आकर्षित गरे पनि सांस्कृतिक प्रस्तुतिको विषयमा भने केही सुधारको आवश्यकता देखिएको छ। देउसी–भैलोको मूल पहिचान नेपाली मौलिक गीत, भाका, नृत्य र परम्परागत प्रस्तुतिमा आधारित हुनुपर्ने हो। त्यसैले आगामी वर्षहरूमा डिजेमा आधारित नृत्य तथा मनोरञ्जनलाई सीमित गर्दै मौलिक सांस्कृतिक प्रस्तुति, देउसी–भैलो, लोकगीत, लोकनृत्य र परम्परागत झाँकीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

 

विशेषगरी नेपाली राजदूतावासजस्तो देशको प्रतिनिधित्व गर्ने संस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा नेपाली मौलिकताको झल्को अझ स्पष्ट रूपमा देखिनु आवश्यक छ। यस्ता पर्व र कार्यक्रमले प्रवासमा नेपाली पहिचान जोगाउनुका साथै अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको कला र संस्कृतिको प्रचारप्रसार गर्न महत्वपूर्ण योगदान पुर्‍याउन सक्छन्।
समग्रमा यस वर्षको देउसी–भैलो कार्यक्रम व्यवस्थापनका दृष्टिले प्रशंसनीय देखिएको छ  आगामी दिनमा व्यवस्थापनसँगै नेपाली मौलिक कला, संस्कृति र परम्परालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्न सके यस्ता पर्वको गरिमा र महत्व अझ बढ्ने अपेक्षा गर्न सकिन्छ। देउसी–भैलो मनोरञ्जन मात्र नभई , हाम्रो पहिचान, परम्परा र पुर्खाले हस्तान्तरण गरेको अमूल्य सांस्कृतिक सम्पदा पनि हो भने बुझाउनु आजको आवश्यकता हो  यसको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?