मुगुका विद्यार्थीलाई लायन्सको सहयोग, तीन विद्यालयमा झोला वितरण

मुगु रतन  रावल — लायन्स जिल्ला परिषद् ३२५ एफ ले रारा तालमा क्याबिनेट बैठक सम्पन्न गरेपछि मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ र ८ मा रहेका तीन वटा विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।

Workplace

कार्यक्रम अन्तर्गत श्री नेपाल आधारभूत विद्यालय पिनाका ६२ जना, श्री महादेव आधारभूत विद्यालय झ्यारिका ६४ जना तथा श्री मालिका आधारभूत विद्यालय चूगाका १७ जना विद्यार्थीलाई विद्यालयमा जाँदा प्रयोग हुने झोला हस्तान्तरण गरिएको हो।

झोला वितरण कार्यक्रममा लायन्स जिल्ला परिषद् ३२५ एफ का डिस्ट्रिक्ट गभर्नर लायन केशर भण्डारी, लायन प्रनिता बराल, लायन चाँदनी घिमिरे, लायन राजेश हिलामय, लियो निर्मल राज शाही तथा छायाँनाथ रारा नगरपालिकाका नगर उप–प्रमुख ऐश्वर्या शाही मल्ल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट ३२५ एफ का गभर्नर लायन केशरबहादुर भण्डारीले लायन वर्ष २०२५/०२६ का लागि अघि सारिएका मानवीय सेवाका महत्वपूर्ण कार्यक्रमहरू क्रमशः कार्यान्वयन हुँदै आएको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रका विद्यार्थीलाई विद्यालय आउजाउ तथा अध्ययनमा केही सहज होस् भन्ने उद्देश्यले झोला वितरण गरिएको उल्लेख गर्नुभयो।

गभर्नर भण्डारीले आगामी दिनमा पनि दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा तथा आवश्यकताका लागि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?