बानेश्वरमा महिला प्रहरीमाथि हातपात

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात भएको छ।
  • आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा जुम्लाका २७ वर्षीय राज कठायतले प्रहरीमाथि जाइलागेका हुन्।
  • आरोपी कठायतलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ।

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित महिला प्रहरीमाथि हातपात भएको छ।

Workplace

आज काठमाडौंको बानेश्वरमा खटिएकी महिला प्रहरी जवानमाथि एक पुरूषले हातपात गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार ती पुरूषलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर-१० मा बस्ने २७ वर्षका राज कठायत छन्। महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेका थिए।

त्यसै क्रममा प्रहरी जवानमाथि ती पुरूषले हातपात गरेका थिए। हातपात गरेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका गुल्मी संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?