सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

समाचार सारांश
Auto Generated by AI
  • युवाहरूले सामाजिक सद्भाव खलबल्याउने काम नगरी एकता कायम राख्न जिम्मेवार बन्नुपर्छ।
  • सामाजिक सञ्जालमा भ्रम र घृणा फैलाउनुको साटो तथ्यमा आधारित विचार व्यक्त गर्नुपर्छ।
  • समाजको वास्तविक पहिचान कायम राख्न आपसी समझदारी र सहिष्णुतालाई प्राथमिकता दिनुपर्छ।

लक्ष्मण सुनार अर्घाखाँची -पछिल्लो समय विशेषगरी हाम्रा नवयुवाहरूबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने, समाजमा अनावश्यक मतभेद सिर्जना गर्ने र आपसी द्वन्द्व निम्त्याउने खालका गतिविधिहरू देखिनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो।

Workplace

विविध संस्कृति, विविध भेषभूषा, विविध जातजाति र फरक-फरक परम्परालाई आत्मसात् गर्दै आपसी समझदारी, सहिष्णुता र सद्भावका साथ मिलेर बसेको हाम्रो समाज नै हाम्रो वास्तविक पहिचान हो। यस्तो सामाजिक एकता र भाइचारालाई कमजोर बनाउने कुनै पनि गतिविधि समाजको हितमा हुन सक्दैन।

- Advertisement -Workplace

यसै सन्दर्भमा, सामाजिक सञ्जालको दुरुपयोग गर्दै समाजमा घृणा फैलाउने, समुदायबीच अविश्वास पैदा गर्ने र आन्तरिक द्वन्द्व निम्त्याउने प्रवृत्तिलाई बढावा दिनेहरूलाई म स्पष्ट सन्देश दिन चाहन्छु— सामाजिक सञ्जालमा केही लेख्नुअघि विषयवस्तुको गहिरो अध्ययन गर्नुहोस्, तथ्य बुझ्नुहोस् र आफ्नो अभिव्यक्तिले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुराको जिम्मेवारी लिनुहोस्।

नवयुवाहरू समाज परिवर्तनका संवाहक हुन्। उनीहरूको ऊर्जा, सोच र क्षमतालाई समाजलाई जोड्न, सकारात्मक परिवर्तन ल्याउन र आपसी सद्भाव बलियो बनाउन प्रयोग गरिनुपर्छ; समाजलाई विभाजित गर्न होइन।

आलोचना गर्न पाइन्छ, विचार राख्न पाइन्छ र असहमत हुन पनि पाइन्छ। तर असहमतिको नाममा सामाजिक सद्भावमाथि प्रहार गर्ने, जातजाति तथा समुदायबीच वैमनस्य फैलाउने र समाजलाई द्वन्द्वतर्फ धकेल्ने गतिविधिलाई स्वीकार गर्न सकिँदैन।

त्यसैले समाजमा भ्रम, घृणा र विभाजन फैलाउनेहरूलाई मेरो स्पष्ट चुनौती छ— तथ्य र तर्कका आधारमा विचार राख्नुहोस्, जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहोस् र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्नुहोस्।

हामीलाई विभाजन होइन, एकता चाहिएको छ। घृणा होइन, सद्भाव चाहिएको छ। द्वन्द्व होइन, आपसी समझदारी चाहिएको छ।

हाम्रो सामाजिक एकता नै हाम्रो शक्ति हो। यसलाई कमजोर बनाउने होइन, अझ बलियो बनाउने जिम्मेवारी हामी सबैको हो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?