विदेश पठाउँछु भनेर ठगी गर्ने चार जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गर्ने चार जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट लाखौँ रुपैयाँ असुलेका थिए।
  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

Workplace

पक्राउ पर्नेहरूमा धनुषा घर भएका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुर, भक्तपुर नगरपालिका-४ बस्ने २५ वर्षीया एलिसा मधिकर्मी, ललितपुर महानगरपालिका-१४ बस्ने दार्चुला घर भएका २९ वर्षीय हरिस सिंह महरा र काठमाडौँ महानगरपालिका-३२ बस्ने बारा घर भएका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन् ।

- Advertisement -Workplace

पक्राउ परेकामध्ये योगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, एलिसाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ, हरिसले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ९१ हजार रूपैयाँ र राजेशले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?