रसुवा बाढी अपडेट: एक हजार २९० जनाको मृत्यु, ६०१ विदेशी नागरिक सम्पर्कविहीन

समाचार सारांश
Auto Generated by AI
  • रसुवा बाढीमा हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ।
  • बाढीका कारण अझै चार हजार ७९८ जना मानिस बेपत्ता छन्।
  • प्रहरीले बेपत्ताको खोजी तथा फेला परेका शवको व्यवस्थापन गरिरहेको छ।

काठमाडौं।रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ। बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन्।

Workplace

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ। आंशिक अङ्गसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ। उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएको थियो।

त्यस्तै, बाढीमा परी अझै चार हजार ७९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बेपत्ता हुनेमा पुरुष दुई हजार ३६९ र महिला ४७८ जना छन्। प्रवक्ता काफलेका अनुसार फोनबाट जानकारी प्राप्त भएका एक हजार ३५० जना तथा विदेशी नागरिकतर्फ ६०१ जना बेपत्ता रहेको प्रवक्ता काफ्लेले बताए।

बाढी प्रभावित विभिन्न स्थानबाट फेला परेका शवको पहिचान तथा व्यवस्थापनको कामलाई प्रहरीले निरन्तरता दिएको छ। ठूलो क्षेत्र प्रभावित भएकाले सम्भावित स्थानमा खोजी गर्दै फेला परेका शवको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?