icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

अर्घाखाँचीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भ्रष्टाचार विरुद्धको अभियान सुरु

अनिल नेपाली 

Workplace

अर्घाखाँची — क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति अर्घाखाँचीले आजदेखि भ्रष्टाचार विरुद्धको अभियानको औपचारिक शुभारम्भ गरेको छ।

कार्यक्रमको उद्घाटन पार्टीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले गरेका हुन्। उद्घाटन मन्तव्यका क्रममा नेता सुवेदीले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त हुँदै निष्क्रिय बनेको आरोप लगाउँदै, त्यसका विरुद्ध सशक्त जनसंघर्ष अपरिहार्य भएको उल्लेख गरे।

उनले “भ्रष्टाचार अन्त्य गर्ने” भनाइ सार्वजनिक गरेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयं भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी इस्टेटलगायतका विभिन्न काण्डमा मुछिएको दाबी गर्दै ती प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत राखे।

नेता सुवेदीले नेपाली कांग्रेस, एमालेलगायतका पुराना सत्ताधारी दलहरूले भ्रष्टाचार, बेथिति र बिचौलिया प्रवृत्तिलाई पुनः संस्थागत गर्न खोजेको आरोप लगाउँदै, जनताको सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न जनवादी व्यवस्थाको विकल्प नरहेको धारणा राखेका थिए ।

सोही कार्यक्रममा पोलिटब्युरो सदस्य कृष्ण केसीले वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यसहित नयाँ जनवादी व्यवस्था निर्माण गर्न संघर्षलाई अझ तीव्र बनाउनु पर्ने बताएका हुन ।

पार्टीका जिल्ला इन्चार्ज नरेन्द्र थापा क्षेत्रीले मुलुकमा स्थानीयदेखि केन्द्रसम्म फैलिएको भ्रष्टाचारको अन्त्यका लागि सम्पूर्ण जनसमुदाय गोलबद्ध भएर कडा प्रतिरोध गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला सचिव राजेन्द्र नेपालीको सहजतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका विभिन्न जिल्लाबाट उल्लेखनीय संख्यामा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?