हरिभक्तको जोवनै ढल्की गएसी गीत सार्वजनिक मेलिना राई र टेक बी.सीको आवाज

काठमाडौँ। गीतकार हरिभक्त बुढाथोकीको शब्द, भीम बी.सीको संगीत, मेलिना राई र टेक बी.सीको स्वारमा रहेको” जोवनै ढल्की गएसी” उक्त गीत हरिभक्त बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Workplace

सलोन बस्नेत, टेक बी.सी र बिनिता ओलिको संयुक्त अभिनयमा बनेको उक्त म्युजिक भिडियोको छायांकन नबराज उप्रेती, सम्पादन बिबेक सुनार, भिडियो सृगार मिलन बिस्वकर्मा, नित्य निर्देशक विशाल कैने, सहायक निर्देशन सुमन बस्नेत तथा निर्देशन सान थापाले गरेका हुन् ।

गीतकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवाको क्षेत्रमा अग्रणि भूमिकामा पुग्नुभएको एउटा उदाहरणीय नाम हो । एक दर्जन भन्दा बढी पुस्तकका लेखक, साथै ५ विविध विधामा सोधपत्र समेत लेखिएका अब्बल व्यक्ति हुन् हरिभक्त बुढाथोकी । साथै नेपालीमा ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक तथा ड्राइभिङ्ग सम्बन्धी पत्रिकाका पहिलो सम्पादक र प्रकाशकका साथै तेरथुम जिल्लाका पहिलो नाटककारबाट चिनिएका व्यक्ति हुन् । उहाँको पहिलो नाटक हो बसन्त कोपिला । यसैले साहित्यकार हरिभक्त बुढाथोकी नाटककार, उपन्यासकार, गीतकार, कथाकार आदिमा समेत निकै अब्बल मानिन्छन् ।

“८६ वर्षीय गीतकार हरिभक्त बुढाथोकीका यसअघि प्यारो बाबा, बुढेसकाल, संघर्ष, नजर लाग्ला नि, नजरमा नजर मिलेपछि, मुटुमै गाँसेको साइनो, दुरी मलाई हुनु छैन, जिन्दगी हौ तिमी मेरो, डार्लिङ्ग, मलाई हार्न दिंदैन जस्ता आधुनिक तथा विविध गीतहरूका साथै पतञ्जलि योग गान तथा रोटरी गान र गीत जस्ता दर्जनौ चर्चित गीतहरू प्रकाशित भैसकेका छन् । समाजसेवी हरिभक्त बुढाथोकी सामाजिक तथा शैक्षिक क्षेत्रमा प्रसस्त निस्वार्थ लगानीहरू गरेका उदाहरणहरू प्रसस्त नै भेटिएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बाबु रोका मगर
लेखकको बारेमा

बाबु रोका मगर

रोका मगर नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा एक युवतीले गरिन आत्महत्या।

छुटाउनुभयो कि ?