
- बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य शुक्रबार बढेको छ।
- छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० ले बढेर २ लाख ९४ हजार ८०० पुगेको छ।
- चाँदीको मूल्य पनि प्रतितोला २५ ले बढेर ४ हजार ४२५ पुगेको छ।
काठमाडौ – बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य शुक्रबार भने नेपाली बजारमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले वृद्धि भई २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
