icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

समर्पित शिक्षाशास्त्री : रतन बहादुर शाहीको जीवन यात्रा

कर्णाली मुगु — शिक्षा क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्दै आएका रतन बहादुर शाही हाल खत्याड गाउँपालिका–११ रातापानीस्थित श्री महादेव मष्टा नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन्। विद्यालयलाई नमुना विद्यालयको रूपमा स्थापित गर्न उनले छोटो समयमै उल्लेखनीय काम गरेका छन्।

Workplace

वि.सं. २०४८ साल फागुन २० गते मुगु जिल्लाको रिखियाँ गाउँमा सामान्य किसान परिवारमा जन्मिएका शाहीले बाल्यकालमै कठिन संघर्ष भोग्नुपरेको थियो। ९ वर्षको उमेरमै बुबाको क्यान्सर रोगका कारण निधन भएपछि आमाको साहस र समर्पणका बलमा दुई भाइ र दुई बहिनी सहितको परिवार हुर्केको हो। सानैदेखि तेजस्वी विद्यार्थीका रूपमा चिनिएका शाहीले प्रत्येक कक्षामा उत्कृष्ट नतिजा ल्याउँदै पढाइलाई निरन्तरता दिए।

१२ वर्षको उमेरमा तत्कालीन जनयुद्धको संक्रमणकालीन समयमा उनी भुमिगत भएर एरिया कलाकार कपिल सरोज जनसांस्कृतिक परिवारको अध्यक्षसमेत बने। बाल्यकालमै कलात्मक र वैचारिक रूपले आफूलाई अब्बल सावित गरेका शाहीले जनमानसको मन जित्न सफल भए। भुमिगत अवस्थामै २०६३ सालमा एस.एल.सी. परीक्षा दिएर उच्च अध्ययनका लागि बाँके कोहलपुर झरे।

आर्थिक अभावसँग जुध्दै उनले कोहलपुरमा शिक्षणसँगै पढाइलाई निरन्तरता दिए। बिहान क्याम्पसमा पढ्ने, दिउँसो विद्यालयमा अध्यापन गर्ने र पार्टटाइममा पत्रिका बेचेर खर्च जुटाउने उनको संघर्ष प्रेरणादायी छ। २०६७ सालमा श्री कोहलपुर माध्यमिक विद्यालयमा प्रावि शिक्षकका रूपमा प्रवेश गरेका शाही त्यहीँबाट बिस्तारै बढ्दै प्रधानाध्यापकसम्म पुगे। २०७१ देखि २०७५ सम्म प्रअको जिम्मेवारी सम्हाल्दा उनले विद्यालयको अभिलेख व्यवस्थित गर्ने, अधुरा पूर्वाधार निर्माण गर्ने र नेपाल सरकारको राजस्व मिनाह गरेर पहिलोपटक स्कुल बस ल्याउने जस्ता महत्वपूर्ण काम सम्पन्न गरे।

२०७५ साल मंसिरदेखि जुम्लास्थित जे.आर. कर्णाली बोर्डिङ स्कुलको प्रिन्सिपल बनेका शाही त्यहाँ पनि ख्याति कमाउन सफल भए। जुम्ला प्याब्सनका जिल्ला सचिवका रूपमा उनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोरोना महामारीको समयमा सहकर्मी शिक्षकहरूसँग मिलेर लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी गरेका शाही २०७९ सालमा कर्णाली प्रदेशस्तरीय परीक्षामा अङ्ग्रेजी विषयमा खुला श्रेणीमा तेस्रो स्थान ल्याएर सिफारिस भए।

उनले  केही समय लोकप्रिय मावि गम्था मुगुमा अध्यापन गरेपछि आफ्नै वडाको श्री महादेव मष्टा नमुना माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने अवसर पाए। छोटो अवधिमै विद्यालयलाई नमुना स्वरूप दिन सफल भएका शाही आएदेखि विद्यालयले पालिकास्तरमा कुनै पनि कार्यक्रममा दोस्रो स्थान लिनु परेको छैन।

शाहीका उल्लेखनीय उपलब्धि हरु 

शैक्षिक योजना निर्माण र विद्यालय सञ्चालन कार्यढाँचा सुधार।

२०८१ सालको पालिका स्तरीय निमावि तह हाजिरीजवाफ प्रतियोगितामा प्रथम।

२०८१ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम।

पालिकाभरीका विद्यालयमध्ये उत्कृष्ट कार्यसम्पादनमा प्रथम भई रु. ३ लाख प्रोत्साहन अनुदान।

आधारभूत तह, SEE र कक्षा १२ मा विगतभन्दा उत्कृष्ट नतिजा।

प्रावि तह अन्तरविद्यालयीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम।

४० वर्ष शिक्षण पेशा बिताएकी जयपुरा खड्का कार्कीलाई प्रदेश सरकारबाट उत्कृष्ट शिक्षक पुरस्कार गराउन पहल।

शाहीले विद्यार्थीको भविष्यलाई प्राथमिकता दिँदै आवश्यक बाहेकका तालिम वा गोष्ठीमा भाग नलिने घोषणा गरेका छन्। राष्ट्रपति रनिङ शिल्डकै समयमा तालिममा नजानु उनको विद्यार्थीप्रतिको समर्पणको उदाहरण हो।

शिक्षणभन्दा माथि समाजमा योगदान खत्याडका हरेक सामाजिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका शाहीले २०७९ सालदेखि हालसम्म महत्वपूर्ण भूमिका खेलेका छन्। प्रथम खत्याड रारा गोल्डकप सञ्चालनमा उनको योगदान विशेष स्मरणीय रहेको छ ।

राजनीतिकरण र प्रतिशोधी प्रवृत्तिको सामना गर्नुपरे पनि शाहीले आफ्नो दृढता, पेशागत इमानदारी र सामुदायिक शिक्षा उत्थानका योजनासहित अघि बढिरहेका छन्। उनी भन्छन्,
“राम्रो विद्यालय बनाउन सकिएन भने पेशागत जीवन रहनुको अर्थ छैन। सामुदायिक विद्यालय अब्बल हुन सक्छ भन्ने उदाहरण श्री महादेव मष्टा मावि हो।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?