- सिन्धुलीको बीपी राजमार्गमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
- घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
- दुर्घटनामा चालक भने सकुशल रहेका छन् र प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं ।सिन्धुलीमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार बिहान साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा।प्र।०१–०३१ च ९७४९ नम्बरको जिप सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।
दुर्घटनामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का रोमबहादुर योञ्जन, मिना माया तामाङ, दुर्गाबहादुर योञ्जन, धनबहादुर योञ्जन, प्रेम योञ्जन, दिनेश योञ्जन, अनिल योञ्जन र टेकबहादुर थिङ घाइते भएका छन्।
घाइते आठै जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिप चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।