बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सांसद शर्माको माग

समाचार सारांश
Auto Generated by AI
  • नेकपा सांसद बालावती शर्माले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेकी छन्।
  • भारी वर्षाका कारण ती जिल्लामा बाटो, बिजुली, टेलिफोन र दैनिक उपभोग्य वस्तुको अभाव भएको छ।
  • उनले मालढुंगा पुल छिटो निर्माण गर्न र भोटेकोशी जस्तै राहत प्याकेज ल्याउन सरकारसँग आग्रह गरिन्।

काठमाडौ – नेकपाकी सांसद बालावती शर्माले बागलुङ र म्याग्दी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेकी छन्।

Workplace

बुधबारको संसद् बैठकमा बोल्दै असोज ८ देखि ११ गतेसम्म आएको भारी वर्षाका कारण यी दुई जिल्लामा ठूलो क्षति भएको भन्दै संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेकी हुन्।

उनले अहिले यहाँ बाटो नभएको, बिजुली नभएको, टेलिफोन नभएको र दैनिक उपभोग्य बस्तुसमेत पाउन छाडेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। वर्षाले बागलुङ र म्याग्दी जिल्लामा ठूलो क्षति गरेको छ। बाटो छैन, खानेपानी छैन, टेलिफोन छैन। जसकाकारण अहिले दैनिक उपभोग्य बस्तु पनि छैन’, उनल भनिन् ‘यी दुई जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गर्दछु।’

उनले दुई मध्यपहाडी लोकमार्गको लाइफ लाइनकोरुपमा रहेको मालढुंगा पुल निर्माण छिटो गर्नसमेत सरकारसँग माग गरिन्। उनले भोटेकोशी बाटीजस्तै यहाँ पनि एउटै राहत प्याकेजमा काम गर्न आग्रह गरिन्।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?