४५ वर्षदेखि फरार कर्तव्यज्यान मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं, भदौ २२ । करिब ४५ वर्षअघि सिन्धुपाल्चोकमा कर्तव्यज्यान मुद्दामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

Workplace

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ (साविक माङ्खा गाविस–८) निवासी ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरेको हो ।

मिति २०३७ साल कार्तिक ७ गते तामाङ समुदायका जितबहादुर तामाङलाई आँखामा खुर्सानीको धुलो छर्की कुटपिट तथा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तिमिल्सिना दोषी ठहर भएका थिए । उनलाई अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । तर उनी लामो समयदेखि फरार रहेका थिए ।

गोप्य सूचनाका आधारमा पक्राउ परेका तिमिल्सिनालाई सीआईबी टोलीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यसबारे  सीआईबीका सूचना अधिकारी युवराज खडकाले नेपाल खोजखबर लाई जानकारी दिएका हुन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?