थापाथलीदेखि मनोहरासम्म बस्ती हट्दै, सुकुम्बासीका लागि ५ स्थानमा सरकारको पुनर्स्थापना योजना

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौंका नदी किनारका सुकुम्बासीलाई पाँच स्थानमा स्थानान्तरण गरिनेछ।
  • वास्तविक सुकुम्बासीको डिजिटल लगत राखी नक्कलीलाई सुविधा नदिइनेछ।
  • पुनर्स्थापना गरिने स्थानमा आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ।

काठमाडौँ। काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकारले पाँच स्थानमा होल्डिङ सेन्टर तयार गरेको छ। पहिलो चरणमा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती हटाइने भएको छ।

Workplace

सरकारले ती क्षेत्रका बासिन्दालाई वैकल्पिक व्यवस्थासहित स्थानान्तरण गर्ने तयारी गरेको जनाएको छ। प्रधानमन्त्री बालेन शाह का प्रेस सल्लाहकार तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रभावित परिवारलाई राख्न पाँच वटा स्थान छनोट गरिएको छ।

- Advertisement -Workplace

उनका अनुसार नागार्जुन क्षेत्रमा ४२ वटा व्यवस्थित आवास युनिट तयार पारिएको छ। यस्तै, कीर्तिपुरस्थित सत्सङको ठूलो भवनमा समेत अस्थायी आवासको व्यवस्था मिलाइएको छ।

त्यसैगरी भक्तपुर को बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी तथा चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा समेत पुनर्स्थापनाको तयारी गरिएको छ।

सरकारले वास्तविक भूमिहीन सुकुम्बासीलाई मात्र सुविधा उपलब्ध गराइने जनाएको छ। नक्कली सुकुम्बासी पहिचान भएमा कुनै विकल्प नदिइने र त्यस्ता व्यक्तिको विवरण सार्वजनिक गरिने बताइएको छ।

प्रत्येक व्यक्तिको लगत अब डिजिटल प्रणालीमा राखी विस्तृत विवरण संकलन गर्ने तयारी पनि गरिएको छ। शनिबार बिहानदेखि स्थानान्तरण गरिएका परिवारका लागि खानपानको व्यवस्था मिलाइएको जनाइएको छ।

पुनर्स्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयजस्ता आधारभूत सुविधा सुनिश्चित गर्न सरसफाइ तथा पूर्वतयारी कार्य सम्पन्न भइसकेको छ।

यसअघि निर्माण गरिएका संरचनाको सदुपयोग गर्दै न्यूनतम लागतमा सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको योजना रहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
मदन सम्राट पोखरेल
लेखकको बारेमा

मदन सम्राट पोखरेल

पोखरेल नेपाल खोज खबरका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?