सुरुङमार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २०० भन्दा धेरै चालक कारबाहीमा

समाचार सारांश
Auto Generated by AI
  • नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना चालकलाई कारबाही गरिएको छ।
  • तीव्र गति, लेन अनुशासनको पालना नगर्ने र जथाभावी ओभरटेक गर्ने चालक कारबाहीमा परेका हुन्।
  • ट्राफिक प्रहरीले सुरुङमार्गमा थप संवेदनशील भएर नियम पालना गर्न चालकहरूलाई आग्रह गरेको छ।

काठमाडौ – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना चालकलाई कारबाही गरेको छ ।

Workplace

सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्रगतिमा गाडी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

- Advertisement -Workplace

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी गाडी चलाउनेलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।

सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ । त्यसैअनुसारको सूचना बोर्ड राखिएको छ । यो नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको उहाँले बताउनुभयो ।

सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्रगतिमा गाडी चलाउनेजस्ता गतिविधि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्ता गतिविधिले सुरुङमार्गमा दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धारसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीको भनाइ छ ।

ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर गाडी चलाउन चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

हिजो मात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी गाडी चलाउने १३ चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो । रासस

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?