नयाँ दिल्ली, – नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको उद्देश्यले ‘हाम्रो स्वाभिमान ट्रस्ट’ पतञ्जलीद्वारा आयोजित श्रष्टा अभिनन्दन तथा कविता वाचन प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

२११औँ भानु जयन्तीका अवसरमा नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम (मुलचन्द मेट्रो नजिक) मा आयोजित उक्त कार्यक्रम १३ जुलाई २०२५, आइतबार का दिन सम्पन्न भएको हो। कार्यक्रममा नेपाली राजदूतावास, नयाँ दिल्लीका प्रतिनिधि गोकुल बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रमको सुरुवातमा आदिकवि भानुभक्त आचार्यको योगदानलाई सम्झिँदै वक्ताहरूले नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आमजनसम्म पुर्याउने कार्यमार्फत भाषा विकासमा गरेको अमूल्य योगदानको स्मरण गरेका थिए ।
भानुभक्त आचार्य (सन् १८१४ – १८६८) नेपाली साहित्यका आदिकवि हुन्। उनले संस्कृत भाषामा रहेको रामायणलाई सर्वसाधारण नेपाली जनताको पहुँचमा पुर्याउनका लागि नेपालीमा अनुवाद गरे। उनको सरल, सरस र भावनात्मक शैलीले नेपाली कवितामा नयाँ आयाम सिर्जना गरेको मानिन्छ।
कार्यक्रमको विशेष आकर्षण श्रष्टा अभिनन्दन तथा कविता वाचन प्रतियोगिता थियो। कार्यक्रममा विशिष्ट साहित्यकारहरूलाई सम्मान गरिनुका साथै दुई वर्गमा विभाजन गरिएको कविता प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतिभावान नेपालीहरू सहभागी थिए।
१५ वर्ष मुनि उमेर समूहमा प्रथम: दृष्टि क्षेत्री द्वितीय: प्रियंका केसी तृतीय: जेनिसा भाट रहेका थिए ।
यसै गरि १५ वर्ष माथिको उमेर समूहमा प्रथम: सपना मरासनी द्वितीय: दिपिका पन्थी तृतीय: हेमा धामी विजेता भएका हुन।
जज र कार्यक्रम सन्चालकको भूमिकामा कार्यक्रमको निर्णायक मण्डलमा वेद शर्मा, खेम प्रशाद रेग्मी र युराज पोख्रेल र भानु अधिकारी रहनुभएको थियो। त्यस्तै, तेज राम न्यौपाने, नानू शर्मा र पृती पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रमको अध्यक्षता रमेश बस्नेतले गर्नुभएको थियो भने प्रमुख अतिथि गोगुल बस्नेत र राजदूतावास प्रतिनिधिको उपस्थिति विभिन्न कार्यक्रममा दिल्ली तथा वरपरबाट आएका लेखक, विद्यार्थी, समाजसेवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रमको समापनमा आयोजक संस्थाले सहभागी, सहयोगी तथा प्रायोजकहरूप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा अझै राम्रो यस्ता कार्यक्रम आयोजाना गर्ने संस्थाका सम्पूर्ण प्रतिनिधि हरुले बताएका थिए।
तस्बिर सहित


