काठमाडौं । हार्वर्ड विश्वविद्यालयको एउटा साधारण होस्टेल कोठाबाट सुरु गरिएको सानो जालो “फेसबुक” आज विश्वकै ठूलो प्रविधि साम्राज्य “मेटा प्लेटफर्म्स” मा रूपान्तरण भइसकेको छ। यसको नायक हुन्– मार्क एलिएट जुकरबर्ग, जसले विद्यार्थी उमेरमै सुरु गरेको यात्राले उनलाई आज विश्वकै दोस्रो धनी व्यक्तिको स्थानमा पुर्याएको छ।

सन् २००४ फागुन ४ गते फेसबुक जन्मिएको थियो। सुरुमा विश्वविद्यालयका साथीहरूलाई जोड्ने मात्र उद्देश्य राखिएको यो प्लेटफर्म छोटै समयमा लोकप्रिय हुँदै संसारभर फैलियो। जुकरबर्गले त्यसपछि पढाइ अधुरो छोडेर यही कामलाई जीवनको बाटो बनाएर अघि बडदै आज यो मुकाम सम्म पुगे ।
२००५ मा लगानीकर्ताले करोडौँ डलर हाल्दा कम्पनीको मूल्य करोडौँ बढ्यो। २००७ मा माइक्रोसफ्टले सानो हिस्सा किनेर फेसबुकलाई १५ अर्ब डलर मूल्याङ्कन दिँदा २३ वर्षको उमेरमै जुकरबर्ग अरबपति बने। त्यसयता उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
२०१२ मा फेसबुक सार्वजनिक सेयर बिक्रीमा जाँदा उनको सम्पत्ति एकैपटक १९ अर्ब डलर पुग्यो। त्यसपछि उनले इन्स्टाग्राम, ह्वाट्सएप र भर्चुअल चश्मा ओकुलस खरिद गरेर आफ्नो साम्राज्य थप विस्तार गरेका थिए आज इनै चर्चित संजाल बिश्वब्यापी रुपमा फैलिएको छ ।
सन् २०२१ मा फेसबुकले आफ्नो नाम परिवर्तन गरी “मेटा प्लेटफर्म्स” राख्यो। मेटाभर्स अर्थात् भविष्यको आभासी संसार निर्माण गर्ने ठूलो सपना लिएर जुकरबर्ग अघि बढे। यसमा ठूला लगानी हुँदा केही समय उनका सम्पत्ति घटे पनि फेरि चाँडै उकालो लागेको थियो ।
जुकरबर्ग र उनकी पत्नी प्रिसिला च्यानले २०१५ मा “चान–जुकरबर्ग पहल” स्थापना गरेका छन्। यस संस्थाले शिक्षा, स्वास्थ्य, विज्ञान र समानताको क्षेत्रमा अरबौँ रुपैयाँ सहयोग गर्दै आएको छ। उनीहरूले आफ्नो सम्पत्तिको ठूलो भाग समाजलाई फर्काउने वाचा गरेका छन्। उनी सामाजिक काम प्रती चासो राखदै केही हिसा समाजसेवामा सयोग गर्दै आएका छ्न
२०२५ सम्म आइपुग्दा, फोर्ब्स को सूचि अनुसार जुकरबर्गको सम्पत्ति करिब २१६ देखि २७० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नेपाली मूल्यमा झण्डै ३० लाख करोड रुपैयाँ हुन्छ। यससँगै उनी संसारकै दोस्रो धनी बनेका छन्।
आज उनको चर्चा किन गर्दै छौ भने नेपाल सरकारले फेसबुक लगायतका दर्ता नभएका सामाजिक संजाल बन्द गर्ने निर्णय गरेको छ एउटा सानो कोठा बाट यहाँ सम्मको यात्रा सहज पकै थिएन तर लगनशीलता र मेहताले आज जुकरबर्गको यात्रा यहाँ साम पुगेको छ नेपालमा पनि तत्काल सरकार सङ्ग सहकार्य गरि नेपालि हरु लाई सहज वातावरण बनाइदिए आम नेपाली जन्ताले यहीँ आशावादी समेत रहेकाले यो प्रक्रिया समेत छिटो पूरा होस भने आम जनमानसमा रहेको छ ।
हार्वर्डको होस्टेल कोठाबाट सुरु भएको सानो प्रयास, आज मेटा जस्तो विशाल साम्राज्यमा परिणत भएको छ। जुकरबर्गको कथा संसारकै युवाका लागि साहस, दृढता र नवप्रवर्तनको उदाहरण बनेको छ
