सुनको भाउ आज घट्यो कतिमा हुँदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • साताको अन्तिम दिन आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको छ।
  • आज सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य भने हिजोकै दरमा स्थिर रही ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । यो हप्ता गएको आइतबार र सोमबार बढेको सुन मंगलबारदेखि लगातार घटेको छ ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ३ लाख २० हजार ९०० रुपैयाँ थियो । अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ अघिल्लो हप्ता शुक्रबारको तुलनामा २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो हप्ता शुक्रबार सुन ३ लाख १६ हजार ७०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोको जस्तै आज पनि ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?